पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना कोरोना संक्रमित कोरोनामुक्त

पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस अवधिमा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५ सय २० संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २०३ जनाको कोभिड संक्रमणका कारण ज्यान गुमेको छ।