देउवा र प्रचण्डबीच कुराकानी सकियो, कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुढानिलकण्ठमा भएको छलफल सकिएको छ।

बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो।

स्रोतकाअनुसार सभापति देउवा र अध्यक्ष प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड देउवा निवासबाट निस्केका छन्।

बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो।

स्रोतकाअनुसार सभापति देउवा र अध्यक्ष प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड देउवा निवासबाट निस्केका छन्।

उनीहरूबीच बहुमतको सरकार दाबी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो। तर के निर्णय भयो भन्नेबारे केही खुलेको छैन। कांग्रेस पदाधिकारी बैठक पनि अब केहीबेरमा देउवा निकास बुढानिलकण्ठमा बस्दैछ ।