जसपा अध्यक्ष ठाकुरले १६ सांसदलाई लगे भक्तपुरको रिसोर्टमा

?????????????????????????????

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा राखेका छन् । 

बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको  रिसोर्टमा लगेका हुन्।  रिसोर्टमा पुगेका एक सांसदले भने, ‘हामी भक्तपुरमा एकसाथ बसेका छौँ।’ ती सांसदले आफूहरु बसेको ठाउँ भने बताउन चाहेनन्। 

 स्रोतका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा सांसदलाई राखिएको हो । उक्त रिसोर्टमा सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्षको लगानीसमेत रहेको बताइएको छ । उक्त रिसोर्टमा ठाकुर पक्षीय सांसदको व्यवस्थापनमा भक्तपुर एमाले नेतृत्वसमेत सहभागी भएको छ । सांसदको व्यवस्थापनमा एमाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरापलिकाका मेयर वासुदेवी थापा, सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्ष किरण थापालगायत एमाले नेता सक्रिय भएको स्रोतको दाबी छ ।

ठाकुर पक्षीय १३ सांसदलाई रिसोर्टमा राखिएको हो। ठाकुरले पार्टी वरिष्ठ नेता राजेन्द्र महतोलाईसमेत रिसोर्टमै राखेका छन्। महतो सांसदका लागि सम्पूर्ण व्यवस्थापन गरेर फर्किने तयारीमा छन्। ठाकुरले आफ्नो पक्षका १७ मध्ये १६ सांसदलाई मात्र रिसोर्टमा राख्न सकेका हुन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका निम्ति दलहरूलाई साँझ ९ बजेसम्मको समय छ। राष्ट्रपति भण्डारीले दलहरूलाई दिएको समय घर्किँदै जाँदा नेताहरुले तयारी र छलफल तीव्र बनाएका हुन्ने । 

गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा ३ को प्रक्रिया सुरु हुनेछ। जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन्।  साेही तयारी स्वरुप भत्त्तपुर एमाले जसपा सांसदको व्यवस्थापनमा जुटेको देखिन्छ ।