नेपाल पक्षको सामूहिक राजीनामाको धम्की र निर्धारित समय सीमा सकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले केही लचकताका नेपाल पक्षसँग वार्ताका लागि प्रयास गरेका छन्।
बिहीबार दिउँसो नेपालसँगको वार्ताका लागि प्रधानमन्त्री ओली बुढानिलकण्ठ नजिक चन्द्रनगरस्थित अन्नपूर्ण पोष्ट दैनिकका सञ्चालक क्याप्टेन रामेश्वर थापाको घरमा पुगेका छन्।
शक्ति केन्द्र र विशेषगरी ओलीसँग निकट मानिएका थापाले यसअघि पनि पटकपटक ओली संकटमा पर्दा राजीतिक वार्ता गराउँदै आएका छन्।
यस अघि उपमहासचिव विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पुगेका थिए। पौडेलले माधव समूहको राजीनामा रोक्न प्रयास गरिरहेका हुन्। एमाले वरिष्ठ नेता नेपाल, नेता भीम रावललगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएकै दिन राजीनामा दिनुपर्ने पक्षमा थिए। उनीहरूले राजीनामाको तयारी नै गरेका थिए। तर, दोस्रो तहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले असहमति जनाएपछि बैठकमा अनुपस्थित भएको जनाइएको थियो।
स्थायी कमिटी बैठकपछि ओलीले नेपालबीच वार्ता भएको हो । यसलाई महत्वका साथ हेरिएको छ । यो भेटले एमालेको भविष्य निर्धारण गर्ने बताइएको छ ।
हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ।
यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ।
एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ। बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ। नेपाल समूहले ओलीलाई सघाए उनी पुन प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय











