नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो ।
प्रदेशखबरसँग कुरागर्दै नेता पाण्डेले भन्नुभयोः ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । अब दुई नेताहरुले दुई कदम पछि हटेर कार्यकतालाई खुशि बनाउनु पर्छ । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।’ पाण्डेले अब तत्कालीन एमालेकालको स्थायी कमिटी बैठक बोलाएर अन्य विषयहरुलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सकिने समेत बताउनुभयो ।
एकताबद्ध एमालेका लागि भइरहेका प्रयासलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्ने उहाँको भनाइ छ ।विहीवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि ट्वीट गर्दै एमाले नेता योगेश भट्टराईलले पनि सकरात्मक रहेको बताउनुभएको छ । ।











