कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च,९०७० जनामा पुष्टि

देशभर बिहीबार ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो। 

जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ। 

यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। यस दिन कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। याेसँगै मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको छ। 

त्यस्तै २ हजार ७०७ जना निकाे भएका छन्। याेसँगै निको हुनेको दर ७९‍ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निकाे भएका छन्।