राष्ट्रिय युवा संघ सिन्धुलीले आज सिन्धुली माढीमा सर्वसाधारणहरुलाई केन्द्रीतगर्दै स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले युवा र पत्रकारहरुको उपस्थितीका बीच सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए । उनले मास्क बितरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै समाजमा रहेका सचेत सम्पूर्ण नागरिकले स्वास्थ्य सचेतता अपनाए कोरोना ओसार पसार नियन्त्रणमा आउने बताए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार क्रियाशिल रहेको बताउँदै नेकपाका केन्द्रीय सदस्यसमेत रहका नेता कटुवालले कोरोना संक्रमण रोकथाका लागि सिन्धुलीका सबै नागरिकलाई आफ्नो तर्फबाट सक्रियता देखाउन अपील गरेकाछन् ।
युवा संघ सिन्धुलीका संयोजक देवराज वाईवाको सक्रियतामा सिन्धुलीका युवाहरुले सदरमुकाममा स्वास्थ्य सामाग्री वितरण गर्न थालेका हुन् । स्थानीय प्रशासनले सिन्धुली सदरमुकाममा विहान ७ बजेदेखी १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खुलेको समयमा हिड्ने सर्वसाधारणहरुलाई युवाहरुले स्वास्थ्य सामाग्री प्रयोग गर्न र व्यक्तिगत दुरी कामय गर्न आग्रह गरिरहेका थिए ।

कार्यक्रममा प्रदेश सांसद विनोद खड्का, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेल , युवा संघ नेपाल केन्द्रिय सदस्य अरुण पाख्रीन र अखिल अध्यक्ष कृष्ण मोक्तान लगायतको उपस्थिति रहेको थियो।














