उपत्यकामा थप ३९७२ मा संक्रमण पुष्टि

२४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो।

बिहीबार २७०७ जनालाई डिस्चार्ज गरिएको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ।

यसैगरी, गत चौबीस घण्टामा २०३६७ जनाको पीसीआर तथा ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको छ।