पोखरा: कोरोना भाइरसबाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त भएकी हुन् ।
बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उनी कोरोना मुक्त भएकी धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए । ‘हामी उहाँलाई घर पठाउने तयारी गरेका छौं, शनिबार साँझ नभए आइतबार विहानै घर पठाउछौं, उहाँलाई नियमित दिइरहेको औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गछौं’ पोखरेलले भने ।
संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए ।