यति एयर दुर्घटनामा परेकाकाे उद्धारमा कठिनाइ

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजका यात्रुलाई उद्धारमा कठिनाइ भएको छ। पोखरा महानगरपालिका- १५ सितारामपुल नजिकै सेती खोंचमा जहाज दुर्घटना भएको हो।

उद्धारमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्। आगोको मुस्लो दन्किरहेकाे छ।

पानीको फोहोराले आगो निभाउने प्रयास भइरहेको छ।