नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालले नयाँ पार्टी बनाउनका लागि अध्यादेश ल्याइदिनुप्यो भन्नुभयो भने आफुले सहयोग गर्ने बताउनु भएकोछ ।
एक अनलाइन टेलिभिजनसँग कुराकानीगर्दै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्न नेपाललाई मनछ भने मसँग आए हुन्छ, म अध्यादेश जारी गरिदिन्छु, भन्नुभएको हो । उहाँले पार्टीको निर्देशन बिपरित भएको गुटगत भेलामा संलग्नलाई अनुशासनको कारबाही गरिने खुलासासमेत गर्नुभयो । प्रधानमन्त्रीले पार्टी केन्द्रीय कमिटी बैठक छोडेर माधव नेपाल किन लगातार विदेश जानु पर्यो ? उहाँ कस्को अनुमतिले यति धेरै विदेश हिंड्नु भएको हो । अनुपस्थितिमा एक जना केन्द्रीय सदस्य थप्दा किन टाउको दुखाउनु ? उहाँले अगाडि भन्नुभयो । आज भएको नेपाल पक्षीय भेलामा आफ्ना २५ जना साथीहरुलाई पठाएको बताउँदै प्रधानन्त्रीले भन्नुभयोः हामीले गल्ती गर्यौं भनेर माफी मागेर आएमात्रै उहाँहरुलाई साथ लिएर जाने बताउनुभयो ।
उहाँले गुटको प्रतिनिधीसँग वार्ता हुँदैन, गुटबन्दी मानिदैन, आजको नेपाल पक्षीयभेला तर्फ संकेतगर्दै भन्नुभयो ।










