नेकपा एमालेको अन्तरविरोध: पारपाचुके गरेर एकै घरमा बस्ने दम्पतीको निवासजस्तै

पदलोलुपता र सत्ताको स्वाद लिने तथा राज्यको स्रोत रसाधनमा रमाउने जस्ता व्यक्तिगत स्वार्थका कारण अबसान भएको साविक सत्तारुढ नेकपा आज राजनीतिक अस्थिरताको स्रोत बनेको छ । सर्वोच्च अदालतले साविक नेकपा एमाले र एमाओवादी केन्द्रलाई पारपारचुके गराईदिएपछि एमालेभित्र फेरी एकपटक आगो सल्काउने प्रयत्न गरिंदैछ । बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले आफ्नो तर्फबाट भएका विगतमा कमजोरीलाई स्वीकार्ने भन्दा पनि अन्तरविरोधलाई चर्काउँदै थकाउने र गलाउने बाटो अबलम्मन गर्दा त्यसले नेपाली राजनीतिलाई फेरी अस्थिरतातर्फ धकेलिदिएको छ । संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कायमै छ । त्यही प्रस्तावलाई कायम राख्दै संसदमा मतदान गराउनका लागि प्रयास गरिएपनि एमालेका सांसदहरुले फ्लोरक्रस गर्न नपाउने व्यवस्थाका कारण केपी ओलीले निरन्तरता पाउने विश्लेषण कानुनका ज्ञाताहरुको छ । यसरी हेर्दा संसद पारपाचुके गरेर एकै घरमा बस्ने दम्पतीको निवासजस्तै हुने देखिन्छ ।
अहिले एमालेका दुवै समूहले छुट्टाछुट्टै गतिविधी शुरु गरेका छन् भने एकले अर्कालाई खुइल्याउने र मानहानी गर्ने कामलाई भने तीव्रता दिइरहेका छन् । त्यतिमात्र होइन पार्टीको निर्देशन अस्वीकार गर्ने र पार्टी हित बिपरित गतिविधी गर्नेलाई
कारबाही गर्ने चेतावनीले अवको केही महिना नेपाली राजनीतिमा आरोप प्रत्यारोपको वर्षानैं गराउनेछ ।
एमाले बनाउनका लागि निकै लामो जवानी खर्चेका नेताहरुबाट अहिले भएका अस्वाभाविक गतिविधिले तमाम कार्यकर्ताको मन दुखाएको छ । सर्बोच्च अदालतबाट पुर्नजीवन पाएर अलग अलग कित्तामा उभिएका आफ्ना नेताहरु एकै ठाउँमा आइपुगेपछि सडकमा दिपावली गरेर खुशीयाली साटेका एमाले नेता कार्यकर्ताहरुमा बढेको पछिल्लो निराशालाई आत्मसातगर्दै आफ्ना कमी कमजोरी स्वीकार्नु र फेरी पनि एक ढिक्का भएर अगाडि बढ्नुको बिकल्प छैन । त्यसैले हामी सबैले एकैसाथ भन्नै पर्ने भएको छः देशलाई अस्थिरताको बाटोमा धकेलेर विदेशी प्रभुलाई खुशीपार्नका लागि गरिएका
अराजनैतिक गतिविधी किमार्थ स्वीकार्य छैन । सन्देश जनप्रिय साप्ताहिकको सम्पादकीयबाट साभार