नेपालका औषधी नियामकहरूले कसरी आफ्नो अनुमतिबिना बहराइनका राजकुमारले नेपालमा कोभिड-१९ खोप ल्याउन सफल भए भनेर अनुसन्धान गरिरहेको जनाएका छन्।
मोहम्मद हमाद मोहम्मद अल-खलिफा सोमवार झन्डै २ हजार डोज आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुगेका छन्। नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ। बहराइन दूतावासले जनाए अनुसार ती राजकुमारले गोरखा जिल्लाका केही मानिसहरूलाई उक्त खोप दिन चाहेका थिए।
भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका एकजना प्रवक्ता थानेश्वर गुरागाईँले मङ्गलवार द हिमालयन टाइम्स पत्रिकालाई बताए अनुसार सात दिन क्वारन्टीनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ।
त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको उनले बताए।