सिन्धुलीमा भएको बोलेरो दुर्घटनामा ४ जनाको घट्नास्थलमैं मृत्यु भएकोछ ।
स्थानीयका अनुसार सिन्धुलीमाढीबाट मानिसहरु लिएर गएको वोलेरो कमलामाई नगरपालिका वडा नं. ७ को करमडाँडामा दुघट्ना भएको हो । आज दिउँसो ३ः४५ बजे सो दुर्घटना भएको हो । बा १७ च १११७ नम्वरको बोलेरो अन्दाजी ४० फिट तल खसेको स्थानीयले प्रदेशखवरलाई जानकारी दिए ।


घाइतेहरुलाई सिन्धुली अस्पताल ल्याइएको छ । घाइते भएका ७ जना मध्ये घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि काठमाडौ पठाइएको अस्पातल प्रशासनले जानकारी दिएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालीका ७ का रुद्रवहादुर थापा,गिता एस्माली मगर,दुर्गा श्रेष्ठ र उनको २ वर्षको छोरा मनिष श्रेष्ठ छन् । दुर्घटनामा परि २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये एक दुई वर्षीय बालक छन् ।













