धनमायाँ राईको लकडाउन गजल

डुल्ने घुम्ने कुरा सबै अतित भएकोछ
कष्टकर जिन्दगानी व्यथित भएकोछ

गधालाई भारी थोर भए रुन्छ सुनेकोथेँ
ढाड दुखेर मर्ने गीत सावित भएकोछ

घरमै बसी पालन गरौँ लकडाउनको सधैं
भिडभाडमा जानलाई वर्जित भएकोछ

सिर्जनात्मक काम गरी बिताउँ समयलाई
जसरी पलपल भाइरस चर्चित भएकोछ

मान्छे किन भेडो भई भित्र्याउँदैछ काल ?
मृत्युसंग नजिकिँदै हर्षित भएकोछ