म्यानमारमा नरसंहार बन्द गर्न माग गर्दै नेपालमा प्रदर्शन

म्यानमारमा सैन्य ‘कू’ पछि भएको प्रदर्शनहरूमा सर्वसाधारणमा माथि भएको हिंसा र दमनको विरोधमा ललितपुरमा प्रदर्शन गरिएको छ । वृहत् नागरिक आन्दोलनले भैँसेपाटीस्थित म्यानमारको दूतावासको अगाडि प्रदर्शन गरेको हो । उनीहरुले म्यानमारमा नरसंहार बन्द गर्न तथा लोकतन्त्र पुनर्बहाली गर्न लगायतका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।