भारत र चीन सिमा क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको परिणाम धेरै राम्रो: भारतीय सेना प्रमुख

भारतीय थल सेना प्रमुख जनरत नरवणेले भारत र चीन सिमा क्षेत्रको पैंगोग क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको मरिणाम धेरै राम्रो लाभकारी रहेको बताएकाछन् । यी क्षेत्रबाट दुबै देहका सैनिकहरु पछाडि हटेपछि पूर्वि लद्दाखसँग जोडिएको पुराना मुद्धाहरु पनि समाधान गर्नका लागि बाटो खुलेको थलसेना प्रमुख नरवणेले बताए ।
उनले लद्दाखमा चीन र भारतका बीच सेनको हताहतीपछि पाकिस्तान र चीनको बीचमा कुनै पनि साँठगाँठ भएको भन्ने भारतीय सञ्चारमाध्यमको समाचारप्रति कुनै पनि संकेत नमिलेको खुलासा गरे । उनले यी दुई स्थानको विषय ठूलो होइन बरु देको सिमा रक्षाका लागि दुरगामी योजना बनाउनु पर्छ ।
भारत र चीनका बीचमा गतिरोध शुरु भएपछि रक्षामन्त्री राजनाथ सिंह र विदेश मन्त्री एस जयशंकरले चीनसँग वार्ता गरिसकेको विवेकानन्द इन्टरनेशल फाउण्डेशन द्धारा आयोजित एक वेबिनार मार्फत सो कुरा बताएका हुन् । हामीले जुन उदेश्यका साथ सिमा क्षेत्रबाट दुवै देशका सैनिक हटाउने निर्णय गरेका थियौं, त्यसको रिजल्ट आइसकेको छ र अत्यन्त राम्रोपनि छ । सेनाप्रमुख नरवणेले भने । यो समाचार आजको हिन्दुस्तानको अनलाईन संस्करणले लेखेको छ ।