हामी मर्न चाहन्छौें, नेपालीको स्वाभिमान र राष्ट्रियतालाई बन्धक राख्न सकेनौं जसका कारण संसद पुर्नस्थापना भयोः अध्यक्ष पोखरेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले नेपाली राष्ट्रियता नजोगिए नेपाल र नेपाली पनि नजोगिने बताएकाछन् । ४० औं शहीद आजाद स्मृति दिवसका अवसरमा सिन्धुलीको भिमानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पोखरेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार राष्ट्रियता र विकासको पक्षधर भएको बताए ।
उनले संसद विघटनका विषयलाई लिएर केहि नेतृत्वले एमसिसि पास गर्ने, अमेरिकासँग सम्झौता गर्ने, लिम्पियाधुराको नक्सा साईलेन्ट राख्ने र भूमि फिर्ताको विषय नउठाउने भए न्यायालयबाट संसद विघटनलाई सदर गराउने भन्दै प्रस्ताव बोकेर केही कम्युनिष्ट नेताहरु आएको खुलासा गरेका थिए ।
सम्वोधनका क्रममा उनले अगाडि भनेः ‘यो कुनै हिसावले सम्भव छैन, हामी मर्न चाहन्छौं नेपालको माटो, नेपालीको स्वाभिमान र राष्ट्रियतालाई बन्धक राख्न सक्दैनौं, भन्यौं जसका कारण संसद पुनस्र्थापना भयो ।’
अहिलेको अस्थिरता लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा प्रकाशनका कारण आएको बताउँदै उनले भारतीय विस्तावादका पछि लाग्ने माधव नेपाल र प्रचण्डका कारण ओलीलाई सरकारबाट हटाउन खोजिएको दाबी गरे । उनले प्रधानमन्त्री ओलीले जमिन फिर्ता गराएरै छाड्ने प्रतिवद्धता जनाएर काम थालेपछि पार्र्टीभित्रका हरिया साँपहरुले खेल सुरु गरेको उल्लेखगरेका थिए ।
नेता पोखरेलले ‘राम्रो काम गर्ने नेपालका नेतालाई हत्या’ गरिदै आएको इतिहास सम्झदै उनले पृथ्वीनारायण शाह, भक्ति थापा देखि ऋषिराज देवकोटा आजाद, मदन भण्डारी लगायतका सहिदहरुलाई स्मरण गरेका थिए । उनले भारतीय विस्तारवादले नेपालमा राष्ट्रवादी नेता नचाहेको बताउँदै आम नेपालीलाई नेपालको राष्ट्रवादलाई जोगाउन, अगाडि बढाउन निडरताका साथ अगाडि बढ्न आग्रह गरे ।
उनले माधव नेपाल र प्रचण्डलाई कम्युनिष्ट आन्दोलनका शत्रु र हरियो सर्पको संज्ञा समेत दिए । ‘समयमा उनीहरुलाई बेलैमा चिन्न सक्यौं भने मात्र नेपाली कम्युनिष्ट आन्दोलन जोगिने छ’ उनले कार्यकर्ता माझ भने अब सबै मिलेर ‘खवरदारी गरौं ।’

May be an image of 1 person, standing and outdoors