सुनकोशी गाउँपालीका तेस्रो अध्यक्ष कप २०७७ आज सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।
माघ २९ गते उदघाटन गरिएको उक्त खेलमा महिला भलिबल ,पुरुष भलिबल ,फुटबल र ब्याटमिन्टन खेल समाबेश गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गाउँपालिकाका खेलाडीहरुका लागि आफू जतिसुकै बेला पनि सहयोग गर्न तयार रहेको र खेलाडीहरु सधैं अनुशाशीत रहन आग्रह गर्नुभयो ।यसैगरी उपाध्यक्ष दिर्बसिह मोक्तान , प्रमुख प्रशासकिय अधिकृत, ७ वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु , खेलकुद प्रेमीहरु र राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।

कार्यक्रम सुनकोशी खेलकुद समिति अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा भएको थियो । थियो महिला भलिबल तर्फ वडा न.५ प्रथम, वडा न.६ द्धितिय र वडा न.७ तृतीय भएका थिए भने पुरुष भलिबल तर्फ वडा न.६ प्रथम, वडा न.३ द्धितिय र वडा न.१ तृतीय भएका थिए । त्यसैगरी फुटबल तर्फ वडा न.१ प्रथम, वडा न.५ द्धितिय र वडा न.२ तृतीय भएका थिए । त्यस्तै ब्याडमिन्टन तर्फ वडा न.५ प्रथम, वडा न.६ द्धितिय र गापा कर्मचारी तृतीय भए ।
