प्रभु लाइफ इन्स्योरेन्स सिन्धुलीले दियो क्यान्सर पिडितलाई ३ लाख भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स सिन्धुली शाखाले घातक रोगको उपचार बीमा वापत बुधवार आफ्ना एक जना ग्राहकलाई ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सका २ नम्वर प्रदेश प्रमुख सुदिष्टकुमार गुप्ता र एरिया म्यानेजर सिताराम महत्तोले संयुक्त रुपमा खिम्ती रामेछाप निवासी धर्मेन्द्र श्रेष्ठलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
इन्स्योरेन्सको घातक रोग सम्बन्धी कार्यक्रम अन्र्तगत क्यान्सर लागेका श्रेष्ठलाई तीन लाख रुपैयाँको चेक प्रदान गरेपछि २ नम्वर प्रदेश प्रमुख गुप्ताले छिटो र सहज रुपमा आफुहरुले दाबी भुक्तानी गरिरहेको बताए । उनले अन्य लाइफ इन्स्योरेन्स भन्दा आफुहरुको सेवा चुस्त र दुरुस्त रहेकोसमेत दावी गरेका थिए ।