बागमती प्रदेश सभाको बैठक स्थगित

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार आज बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित गरिएको छ।

‘अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो,’ उनले भने।