सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिशद्धय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
न्यौपानले नेपाललाई समेत मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। सरकारी जग्गा गैह्र कानुनी रुपमा व्यक्तिका नाममा ल्याएर अर्बौँ रुपैयाँको भष्ट्रचार गरेको भन्दै अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायतविरुद्ध मुद्धा चलाएको थियो।