प्लान नेपाल सिन्धुली कार्यक्रम इकाईले कमलामाई नगरपालिकामा नेपाल रेडक्रस सोसाईटी मार्फत विपन्न तथा गरिव घर परिवारलाई राहत स्वरुप नगद २ हजार ७ सय ३० रुपैया वितरण गरेको छ।
कमलामाई नगरपालिका ५ नं।वडा कार्यालयले संकलन गरेको तथ्यांक मध्ये कमलामाई नगरपालिकाले राहत दिन योग्य भनि प्रमाणित गरेका १ सय ३३ घरपरिवारलाई राहत वितरण गरिएको कमलामाई नगरपालिका वडा नं। ५ का नगरपालिकाको ६ ओटा वडाहरुका श्रमिक, विपन्न परिवारलाई राहत वितरण गर्ने सभापति श्रेष्ठले जानकारी दिए । जस अन्तर्गत अहिले सम्म कमलामाई नगरपालिका वडा नं. ५ मा १३३, वडा नं. ७ मा १ सय ९७ घरपरिवार र वडा नं. १३ मा ९८ घरपरिवारलाई राहत वितरण गरि सकिएको रेडक्रसका सिन्धुली सभापति अशोक श्रेष्ठले बताए । प्लानकै सहयोगमा दुधौली नगरपालिका, गोलन्जोर, सुनकोशी, मरिण र तिनपाटन गाउपालिकामासमेत रेडक्रसले नगद वितरण गर्ने उनले जानकारी दिए । कमलामाई नगरपालिकामा सो राहत वितरणको शुभारम्भ नगरप्रमुख खड्गवहादुर खत्री र कांग्रेस सभापति उज्वल बरालले रानीवासबाट गरेका थिए ।