नेपाल कम्युनिष्ठ पार्टि नेकपाको प्रचण्ड–माधव पक्षको जिल्ला भेला तथा बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयबाट सुरु भएको र्याली धुरावजार हुँदै खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिनिधिसभा विघटनपछि त्यसको बिरुद्धमा रहेको दाहाल–नेपाल समूहले सिन्धुलीमाढीमा सडक प्रदर्शन गरेको हो । सभाका प्रमुख अतिथी अतिथी संघिय प्रतिनिधि सभा सदस्य हरिवोल गजुरेलले प्रधानमन्त्रीको संसद विघटनलाई प्रतिगमनकारीको संज्ञा दिनु भएको छ । संसदको पूनस्र्थापना हुने जिकिर गर्दै उहाँले पार्टी एकतालाई वचाउनको लागि केहि समय तटस्थ रहेर सकेसम्मको प्रयास गरिएको तर नसकिएको बताउनुभयो ।

भेलामा विघटिन प्रतिनिधिसभा सदस्य गणेश पहाडी, नेकपा सिन्धुली सह–इन्चार्ज कमलजंग राई, बाग्मती प्रदेस सदस्य बुद्धिमान माझी, कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री, पूर्व सांसद गंगा नेपाल, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाल लगायतको उपस्थिति रहेको थियो ।
यस अघि सिताराम पार्टी प्यालेसमा गर्ने भनिएको कार्यकर्ता भेला खुल्ला मञ्चमा गरिएको हो । कार्यकर्ता भेला भएपनि सहभागीताको कारण आमसभामा परिणत गर्नुपरेको आयोजकको भनाइ छ ।