चितवनमा पनि एक जनामा देखियो कोरोना पोजेटिभ

चितवनमा पनि एक जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ।

फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए।

‘हामीले विदेशबाट आएका हिजो १८ र आज ३९ जनाको परीक्षण गर्‍यौं। उहाँको रिपोर्ट मात्र पोजेटिभ आयो,’ उनले भने।