सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक केहीबेर बसेर स्थगित भएको छ । बालुवाटारमा बैठक सुरु भएको केही समयपछि नै सकिएको हो ।
नेकपा केन्द्रीय कमिटि सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो ।
लामाको निधनप्रति गहिरो शोक व्यक्ति गरेको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
आइतबारको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए ।
अर्को बैठक पुष १ गते दिउँसो १ बजे बस्ने छ ।
पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा सारिएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चुलिएका बेला मंसिर २१ गते दुई पृष्ठ लामो पत्र पठाएर ओली अनुपस्थित भएका थिए । त्यो दिन बैठक केहीबेर मात्रै बसेको थियो ।