विश्वको सर्वाधित चर्चित सामाजिक सञ्जाल फेसबुक र इनस्टाग्रामको म्यासेन्जरमा समस्या आएको छ।
डाउन डिरेक्टरका अनुसार फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएपछि प्रयोगकर्ताहरुले गुनासो गरेका छन्।
यो समस्या विहानैदेखि सुरु भएको प्रयोगकर्ताहरुको गुनासो गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यता डाउन डिरेक्टरले भने २४ घण्टादेखि फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या रहेको उल्लेख गरेको छ।
डाउन डिरेक्टरका अनुसार सबैभन्दा धेरै म्यासेनजर रिसिभिङमा देखिएको छ भने त्यसपछि कनेक्टिङ सर्भरमा देखिएको छ। जसमा ५१ प्रतिशत रिसिभिङ म्यासेजिङ, ३१ प्रतिशत कनेक्टिङ सर्भर र १७ प्रतिशत लग इनमा सर्भरमा समस्या देखिएको छ।


यी समस्याहरु देखिएपछि युरोप र जापानका प्रयोगकर्ताहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए।
डाउन डिटेक्टरका अनुसार इन्स्टाग्रामको न्युज फिडमा ५८ प्रतिशत, स्टोरीमा २२ प्रतिशत र पोस्टिङमा १८ प्रतिशत समस्या देखिएको छ।

तर, अहिले अष्ट्रेलिया, भारत, कोरिया लगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन्। यसअघि ४, ७ र ८ डिसेम्बरमा पनि इन्स्टाग्राममा समस्या देखिएको थियो।
