कमलामाईको प्रत्येक वडा कार्यालयबाटै माटो परिक्षण र प्राविधिक सेवा पाइने

सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो । बार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रम अनुसार आज आयोजित एक कार्यक्रमका बीच कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिशकसेन ढाकालले कृषि प्राविधिकलाई यान्त्रिकरण हस्तान्तरण गर्नुभएको हो ।
नगरकृषि कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रमुख प्रशासकिय अधिकृत ढकालले १४ वटै वडाका कृषि प्राविधिकलाई माटो परिक्षण किट बक्स, सिगेचर, आते आरी, वडीगंनाइफ, मोस्टर मिटरलगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । सामाग्री हस्तान्तरणपछि उहाँले भन्नुभयोः तपाईहरुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोग गर्न र वडा स्तरमा आएका किसानहरुका समस्याहरुलाई समाधान गर्नु पर्छ । उहाँले नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कृषि प्राविधिकहरुलाई निर्धक्क भएर काममा लाग्न आग्रह गर्नुभयो ।
गाउँ गाउँमा माटो परिक्षण तथा ग्राफ्टिंगका कामहरुसमेत हुने भएपछि किसानहरु भने हर्षित बनेका छन् । कार्यक्रमका कृषि शाखाका देवी सापकोटा र सरोज फुयाँलको उपस्थिति रहेको थियो ।