भारतीय नायिका कृति सनोनलाई कोरोना संक्रमण

भारतीय नायिका कृति सनोनलाई कोरोना भाइरस संक्रमण भएको छ। सनोनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट पुष्टि गरेकी हुन्।

अभिनेता राजकुमार राओसँग आउँदै गरेको चलचित्रको छायांकनको क्रममा उनी चन्डीगढमा थिइन्। मंगलबार उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। चलचित्र छायांकन स्थलबाट उनी आफ्नो घर मुम्बई फर्किएकी छिन्।

नायिकाले सार्वजनिक गरेको पोस्टमा उनले आफू स्वस्थ रहेको जानकारी दिएकी छन्। उनले आफू स्वास्थ्य मापदण्डअनुसार घरमा नै आइसोलेसनमा बसेको जानकारी गराएकी छन्। उनले पोस्टमा आफ्नो स्वास्थ्यको ख्याल राख्न सबैलाई आग्रह गरेकी छन्।