सिन्धुली जिल्लाको दमार सामुदायिक बन उपभोक्ता समितिको चार किल्लाभित्र रहेको बन क्षेत्रलाई माफियाहरुले कटान गर्ने अन्तिम तयारी गरिरहेको बिबरण बाहिर आएको छ । स्थानीय वासिन्दाका अनुसार साविक महादेवडाँडा गाविस १ स्थित सामुदायिक बन क्षेत्र भित्र २०२८ सालमा गरिएको नापीका क्रममा व्यक्तिको नाममा राखिएको ४ बिगाह भन्दा बढी जग्गाको बन क्षेत्रमा रहेको करोडौं मुल्यका सल्लोका रुखहरु निकासीका लागि अनुमति लिने क्रममा फिक्कल गाउँपालिकाले पत्र नदिएपछि उक्त डरलाग्दो घटना बाहिरिएको हो । बर्दिवास नगरपालिकाको रामनगर निवासी संजिव मगरको नाममा रहेको सो जग्गा स्थानीय गिरी थरका व्यक्तिबाट उनले २०७३ चैत ७ गते खरिद गरेका थिए भने मिति २०७६ फागुन २२ गते डिभिजन बन कार्यालयमा निजी जग्गाको रुख कटान अनुमतिका लागि आवेदन पेश गरेका थिए । बन कार्यालयका तत्कालिन प्रमुख नारायणकुमार श्रेष्ठको मिलेमतोमा नापी कार्यालयका प्रमुख र मालपोल प्रमुखले निजी जग्गाभएको रायसहितको पत्र दिएपछि दमारको सामुदायिक बनको अधिनमा रहेको करोडौ मूल्यका रुखहरु कटानको प्रक्रिया अगाडि बढेको थियो ।
वडा नं. १ मा रहेको एक सामुदायिक बन माफियाहरुले निजी बनाउँदै कटानको तयारी गरेको डरलाग्दो बिबरण बाहिर आएको छ । साविक महादेवडाँडा गाविस र हालको फिक्कल १ मा पर्ने सामुदायिक बनको बीचमा रहेको ४ बिगाहा भन्दा बढी बन क्षेत्र वर्षौ अगाडि बन माफियाहरुले व्यक्तिको नाममा दर्ता कायम गरेको र हाल आएर रुख कटान गर्ने अन्तिम चरणमा पुगेपछि गाउँपालिकामा अनुमति पत्र लिन पुगेपछि सो तथ्य बाहिरिएको हो ।
साविक रामनगर गाविस ६ र हालको बर्दिवास नगरपालिकामा स्थायी बसोवास गर्ने संजिव समालले सिन्धुलीका गिरी थरका व्यक्तिबाट किनेको भनिएको महादेवडाँडा १ ‘ङ’ मा रहेको करोडौं मुल्यको सल्लोको काट्नका लागि डिभिजन बन कार्यालय सिन्धुलीका तत्कालिन प्रमुख प्रमुख नारायणकुमार श्रेष्ठले अनुमति दिएपछि टाँचा लगाउने काम सएिको थियो । बन कार्यालयका रेन्जरसहितको टोलीलले कटान गर्ने सल्लोमा टाँचा लगाएर निकासीका लागि सम्पूर्ण कागजातसहित फिक्कल गाउँपालिका कार्यालयमा ठेकेदार र जग्गाधनी पुगेपछि गाउँपालिकामा हल्लीखल्ली मच्चियो । दमार सामुदायिक बन उपभोक्त समितिको संरक्षणमा रहेको बन क्षेत्रभित्र कसरी व्यक्तिका नाममा यति ठूलो परिमाणमा जग्गा दर्ता भयो ? भन्ने प्रश्नले अहिले फिक्कल गाउँपालिका र स्थानीय वासिन्दा छक्क परेका छन् । सो बन क्षेत्र भित्र व्यक्तिको जग्गा भएको बारे त्यहाँका महादेवडाँडाका सबैलाई पनि थाहा छैन ।
स्थानीय गिरी थरका व्यक्तिले २०२८ सालमा आफ्नो नाममा नापी गराएको भनिएको उक्त जग्गा २०७३ साल चैत ९ गते संजिव मगरले किनेका थिए । मगरले सो जग्गा किनेको लिखत कागजातबाट खुल्दछ । मगरले सो जग्गा किनेपछि गाउँपालिका कार्यालयमा सो जग्गाको मालपोत तिर्दै आएको र एक वर्ष अगाडिबाट सो जग्गामा रहेका रुखहरु कटानका लागि प्रक्रिया अगाडि बढाइएको पाइएको छ ।
निजी जग्गामा जिल्ला बनकै
वृक्षारोपण !
जिल्ला बन कार्यालयका तत्कालिन डिभिजन प्रमुख श्रेष्ठको बद्नियतका कारण सो क्षेत्रको रुख कटान गर्ने कागजी प्रक्रिया अगाडि बढेको थियो । मालपोत कार्यालय र जिल्ला नापी कार्यालय सिन्धुलीको सुझावका आधारमा रुट कटान अनुमति पाएका जग्गाधानी मगरले किनेको उक्त जग्गामा २०४० सालमा जिल्ला बन कार्यालयकै अगुवाईमा वृक्षारोपण गरिएको थियो । सो क्षेत्रमा विरुवा रोप्नु अगाडि बन कार्यालयले ३५ दिने सूचनासमेत प्रकाशन गरेको र त्यसको संरक्षणका लागि एक जना हेरालु कर्मचारीसमेत खटाएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । त्यसबेला मेरो जग्गा हो भनेर कोही पनि नआएको र अहिले रुखहरु ठूलो भएपछि मेरो जग्गाभन्दै व्यक्तिहरु धाउन थालेपछि सामुदायिक बनका पदाधिकारीहरु चकित परेका थिए ।
सरकारी बनकै पक्षमा छौंः डिभिजन प्रमुख कार्की
डिभिजन बन कार्यालयका प्रमुख थिरवहादुर कार्कीले सरकारी बन व्यक्तिको नाममा दर्ता भएको जानकारी आफुले पाएकोले विगतमा भएकाृ निर्णका फाइलहरु अध्ययन भइरहेको बताए । उनले सामुदायिक बन क्षेत्र भित्रका जग्गाहरु बद्नियत राखेर दर्ता गरिएको हुनसक्ने बताउँदै सबैको सहयोग भएमा त्यसलाई सरकारीकरण गर्न सकिने जनाए । त्यो जग्गा कसरी व्यक्तिका नाममा गयो र कुन विधी र प्रक्रियाबाट फिर्ता ल्याउन सकिन्छ भन्ने विषयमा मालपोत र नापी कार्यालयसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाई थियो ।











