अल्मत र बहुमतमा बैठक अघि बढेमा सिंगो पार्टी एक नहरने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थायी कमिटि सदस्यहरुले अल्मत र बहुमतका आधारमा बैठक अघि बढेमा अहिलेको सिंगो पार्टी एक नहरने सुझाब अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सुनाएका छन्।

ओली निकट स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले सहमतिमा पार्टी एकता भएको र सहमतिकै आधारमा हाल उत्पन्न आन्तरिक समस्या समाधान गर्नुपर्ने, अल्पमत र बहुमतको खेलमा अघि बढेमा पार्टी एक नहरने निष्कर्ष सुनाएका हुन्।

उनले भने,‘ पार्टी एकताको आधारसँग प्रचण्डजीले पेश गर्नु भएको आफ्नो अभियोगपत्र मिल्दैन। उहाँको प्रस्ताव फिर्ता हुनुपर्छ र सहमति गरेर अघि बढ्नुको विकल्प छैन। अल्पमत र बहुमतमा जाने हो भने पार्टी एक रहन्न।’

ओलीको अनुपस्थिति र उनको अडानबिपरीत स्थायी कमिटिले आइतबार ओली र दाहालको राजनीतिक दस्ताबेजलाई कार्यसूचि बनाएको थियो। र, ती दस्तावेजमाथि अध्ययनका लागि स्थायी कमिटि सदस्यलाई एक साताको लामो समय दिएको छ। आगामी २८ गतेसम्मका लागि स्थायी कमिटि बैठक स्थगित भएको हो।

मण्डलले विशेष परिस्थितिमा पार्टी एकता गरेकाले सहमतिमै अघि बढेमा मात्रै पार्टी जोगिने बताए। उनका अनुसार प्रधानमन्त्री ओलीले लिएको अडान जस्तै महाधीवेशनसम्म ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन मिल्दैन।

यसैबीच अहिले बालुवाटारमा ओली र उनी निकट स्थायी कमिटि सदस्य एवं गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल भइरहेको छ।

नेता गुरुङले बालुवाटार जानुपूर्व पार्टीको आन्तरिक समस्या सहमतिमै हल हुनुपर्ने अडान दोहोर्‍याएका थिए।

उनले भनेका थिए,‘दुई अध्यक्षको प्रतिवेदनलाई स्थायी कमिटि बैठकले कार्यसूचि बनाउन मिल्दैन। यसो गरिएको खण्डमा पार्टी एकताको जग भत्किन्छ र त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिनपर्छ ।