सिन्धुली जिल्लामा तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसार गर्न स्थानीय प्रशासनले रोक्यो, खाद्य, दुघ तथा तरकारी पसलहरु विहान ६ बजेदेखी ९ बजेसम्म मात्रै खुल्ने

सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, कमलामाई नगरपालिका, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका अधिकारीहरु संलग्न सर्वदलीय बैठकले सिन्धुली जिल्लामा एक साताका लागि पर्याप्त मात्रामा खाद्यान्न मौज्जादत रहेको निश्कर्ष निकाल्दै एक साताका लागि तरकारी फलफुल, दाना, चल्ला, अण्डा, खाद्यान्न लगायतका कुनै पनि सामाग्रीहरु जिल्लामा ल्याउन वा यहाँबाट अन्यत्र जिल्लामा लैजाने कार्यमा रोक लगाएको छ ।
भारतीय बजारबाट सिन्धुली जिल्लामा फलफुल तरकारी, खाद्य सामाग्री लगायत निर्वाध रुपमा आएपछि कमलामाई नगरपालिकाले त्यसलाई रोक्ने तयारी गरिरहेका बेला सिन्धुली जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक मार्फत त्यसलाई सहज बनाएको बताइएको छ ।