दक्षिण कोरियाबाट फर्केका धादिङका एक जनामा कोरोना पोजेटिभ

काठमाडौ: र्‍यापिड टेष्टका क्रममा धादिङमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएको हो। उनी गत फागुनमा दक्षिण कोरियाबाट फर्केका थिए।

नेपाल आएपछि होम क्वारेन्टाइनमा रहेका उनको मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। उनलाई उपचारका लागि टेकु अस्पताल ल्याइएको स्रोतले जानकारी दिएको छ।

र्‍यापिड टेष्टमा कोरोना देखिए पनि त्यसको पुष्टिका लागि उनको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय धादिङले जनाएकाे छ।