राष्ट्रपतिले बोलाएपछि अध्यक्ष प्रचण्ड छलफलका लागि शितल निवासमा, नेकपा विवाद मिलाउने प्रयास

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् ।

बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर  छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले प्रचण्डलाई बोलाएको शितल निवास स्रोतले पुष्टि गरेको छ।

आफ्नो विजयको लागि ओलीले सबै प्रयासहरु जारी राखेका बेला राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै ओलीका प्रतिद्वन्दी प्रचण्डलाई पनि विवाद समाधनका लागि भुमिका खेल्न आग्रह गर्ने उद्देश्यका साथ भण्डारीले शितल निवास बोलाएको स्रोत बताउँछ।

नेकपाको विवाद निर्णायक मोडमा पुगेका बेला भण्डारीले विवाद समाधानमा  पुनः सक्रियता देखाएकी हुन्।