पछिल्लो २४ घण्टामा १३४३ संक्रमित थपिए, १५ हजार ७६६ सक्रिय संक्रमित

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । 

मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । यस्तै हालसम्म १५५१ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण भएकोमा १३४३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १११ जना निको भएका छन् । 
यस्तै थप १३ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।