हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा नेपाली कांग्रेसका कार्यककर्ता सो पार्टी परित्यागगरी नेकपामा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई प्रमुख अतिथी राई, नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष राजन दाहाल, जिल्ला सचिव प्रदीप कटुवाल, गोविन्द लाल माझी, स्कुल विभाग प्रमुख पुकार न्यौपाने, संगठन विभाग प्रमुख सूर्य पाख्रिनलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

यसरी आज नेकपामा प्रवेश गर्नेहरुमा पूर्व वडाध्यक्ष गोपाल थिंग, प्रेमवहादुर थिंग, निरज स्यांतान, ग्याम्दो बल, बीरध्वज मुक्तान, हिरा स्यांतन, सोमवहादुर खड्का, मनोजकुमार काफ्ले, विनोद काफ्ले, सरोज काफ्ले, धुर्व पौडेल, मदन घलान, टिका विकलगायत १ सय ५ जना रहेका छन् । उनीहरु बिनाशर्त नेकपामा प्रवेश गरेको स्कुलविभाग प्रमुख पुकार न्यौपानेले जानकारी दिए ।

नेकपाको केन्द्रका नेताहरुका बीच आन्तरिक संघर्षका कारणले देशैभरका नेकपा नेता कार्यकर्ताहरुलाई निराश बनाएका बेला सिन्धुली जिल्ला संगठन समितिको कामले भने सबैलाई उत्साह थपिदिएको छ । नेकपा हरिहरपुरगढी गाउँपालीकाका अध्यक्ष मानबहादुर वाईवाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
