राष्ट्रपतिसँग भण्डारीसँग भेट गरेर प्रधानमन्त्री ओली फर्किए, मन्त्रीपरिषद् बैठक ४ बजे बस्दै

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेर फर्किएका छन्।

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्। संकटमा के कस्ता निर्णय लिने भन्ने बारे आफ्नो निकटस्थहरुसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटघाट लगत्तै मन्त्रीपरिषद् बैठक बोलाएका छन्। बैठक अपरान्ह ४ बजे हुने एक मन्त्रीले बताए।