संघीय सरकारबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर

प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले संघीय सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भनेर भर्खरै रिट दायर गरेको सोनालले बताए ।

प्रदेश नं. दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । सोनाल जनता समाजवादी पार्टीका नेता हुन् ।