विश्व फुटबलको इतिहासमा सर्वकालीन महान खेलाडी मध्येका एक डिएगो म्याराडोनाको निधनले विश्वभरका फुटबल फ्यान स्तब्ध छन् ।
अर्जेन्टिनी लेजेण्ड म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।

घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।


बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले सो विश्वकपमा इंग्ल्याण्ड विरुद्ध हातको सहायताले गरेको गोल निकै चर्चित छ । सोही गोलका कारण म्याराडोनलाई ‘ह्याण्ड अफ गड’ का रुपमा लिने गरिन्छ ।

उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।













