ललितपुरको बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा भीषण आगलागी भएको छ । शुक्रबार अपरान्ह केन्द्रमा भीषण आगालागी भएको हो । फोहोर संकलन केन्द्रका प्रबन्धक सुरेशराज अवालेका अनुसार आगलागीबाट संकलन केन्द्रमा राखिएका सवारी साधनदेखि थुप्रै सम्पत्ति नष्ट भएको छ । उनका अनुसार आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीको मुख्य कारण बेगनको बट्टा हुनसक्ने प्रबन्धक अवालेले बताए । शुक्रबार बेगनका बट्टाको थुप्रो स्काभेटर सार्दा सोही घर्षणका कारण आगलागी भएको हुनसक्ने प्रबन्ध अवालेले बताए । बेगनको बट्टाबाट ग्यास निकिस्ने उनले बताए । अगालागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिबाट ३ वटा दमकल परिचालन गरिएको थियो ।