प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरु ओलीसँग भेट गर्न बालुवाटारमा

Group of people working at a food factory doing quality control on the production line

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालय बैठकमा सहमत गराउन अन्तुष्ट पक्षका सदस्यहरु बालुवाटार पुगेका छन्।

करिव तीन घण्टा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेर उनीहरु बालुवाटार पुगेका हुन्।

उनीहरु लिखित पत्रसहित बालुवाटार पुगेका हुन्। पार्टीका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा छलफल गरेर आफूहरु बालुवाटार पुगेको देशसञ्चारलाई बताए।

श्रेष्ठसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम गरी पाँच जना बालुवाटार पुगेका हुन्।

यसअघि उनीहरुले हिजो शुक्रबार धुम्बाराहीमा अनौपचारिक सचिवालयको बैठक डाकेका थिए।

ओलीले औपचारिकरुमा केन्द्रीय सचिवालय बैठक डाकेको दिनमा आफूले पनि तुरुन्त अर्को बैठक डाकेर पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि ‘प्रचण्ड’ले अनौपचारिक बैठक डाकेका हुन्।

पार्टीमा विवाद बढ्दै गएका बेला आज ओली केन्द्रीय सचिवालय बैठक बोलाउन सहमत नगराएमा प्रचण्ड आफैले औपचारिक बैठक डाक्ने तयारी गरेका छन्।