इश्वरी दाहालले भेटमा भन्नुभयोः जनयुद्धले पनि आमुल परिवर्तन हुन सकेन, अव नेपाल सुहाउँदो क्रान्तिको आवश्यकता छ

नेपाली कम्युनिष्ट आन्दोलन सिन्धुलीका इमान्दार र निष्ठावान नेता दाहाल, आफ्नै गाउँ सिन्धुलीको नांगेडाँडामा । फोटोः कौशल कोइराला ।

नेपाली वामपन्थी आन्दोलनको असी वर्षे युवा, निष्ठावान, निष्कलङ्क राजनितिक जीवनका उदाहरण, वयस्क हुँदा मजदुर नेता भए पनि दुम्जा काग्रेसको राजनीतिक केन्द्र भको हिसावले आफु पनि पहिला नेपाली काग्रेस नजिक भएको र आफूले अध्ययन र विश्लेषण गर्दै जादा त यो नेका भनेको बुर्जुवा प्रतिगामी र मजदुरमाराको पार्टी पो रहेछ, मजदुर किसान र गरीब निमुखाको पार्टी त कम्युनिष्ट पार्टी पो रहेछ भन्ने वुझेर कम्युनिष्ट पार्टिमा लागेको वताउनु हुने सच्चा क्रान्तिकारी वामपन्थी नेता सुनकोशी गाउँपालिका वडा नं. ५ साविक पुरानो झागाझोली ६ नांगेडाडामा जन्मनुभएका क.इश्वरीप्रसाद दहाल ‘असारे काका’ संग भेट गर्ने पुरानो इच्छा पुरा भयो । यो इच्छा पुरा गराउनु हुने हाम्रो पार्टी प्रदेश कमिटी सदस्य क.कमल दहाल सुनकोशी गाउँ कमिटी अध्यक्ष क.रोमनराज गिरी सचिव क.लोकबहादुर थापा र सुनकोशी गाउँ कमिटी सचिवालय सदस्य क.गोविन्द रायमाझी’राजन’ प्रति आभारी छु ।

भेटघाटको क्रममा किसान महासंघका जिल्ला अध्यक्ष क.वद्रीवहादुर दहाल, नेकपा जिल्ला कमिटी सदस्य क.महेश्वर कोइराला सुनकोशी गाउँ कमिटी सचिवालय सदस्य क.उपेन्द्र कोइराला, सदस्यहरु क.रोहित गिरी,क.रमेश कोइराला, क.कुश्माखर चौलागाई सुनकोशीका वामपन्थी वुद्धीजीवी एवं देवीस्थान मा.वि.का प्रधानध्यापक नारायण नेपाल हाम्रो पार्टीका स्थानीय नेता एवं गुठवजार मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष क.विनोद श्रेष्ठ लगायत दर्जनौ साथीहरुको जमघट क.असारे काकाको नीजी निवासमा भयो । भेटको क्रममा करिब एक घण्टा अन्तराष्ट्रिय र राष्ट्रिय कम्युनिष्ट आन्दोलनको वारेमा अन्तर्क्रिया भयो । उहाँले मार्क्सले भन्नु भए जस्तो विकसित मुलुकमा पहिला र विश्वमा एकैचोटि समाजवादी क्रान्तिकोको सुरु र सम्पन्न हुने उद्घोष गर्नु भए पनि लेनिनको नेतृत्वमा कमजोर पुँजीवादको विकास भएको रसियामा अक्टोबर क्रान्ति सम्पन्न गरि समाजवादको स्थापना भयो त्यस्तै अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक चिनमा गाउँले सहर घेर्ने दीर्घकालीन क्रान्तिको नेतृत्व माओले गर्नु भयो र चिनको जनवादी क्रान्ति सफल भयो ।

नेपालमा जनयुद्ध भयो त्यसले पनि सोचे जस्तो आमुल परिवर्तन हुन सकेन अव नेपाल सुहाउँदो क्रान्तिको आवश्यकता छ यस विषयमा सल्लाह गरेर अघि वढ्नु पर्छ भन्नुभयो । हामीले पनि उहाँको भनालाई श्रवण गर्यौं। एकै रातमा एक्लै दर्जनौ गाउँ पर्चा छरेको अनुभुति सुनाउनु भयो । उहाँले ऋषिराज देवकोटा ‘आजाद ‘ वारेमा पनि केही भन्नुभयो । उहाँमा चिन्ता छैन, कुनै र कति पनि पद प्राप्तिको । मैले अघि नै भनि सके युवा भनेर, उमेरले वृद्ध भएर पनि उहाँको जोस उस्तै हामी आउने थाहा भएर होला मुलवाटोसम्म लिन आउनुभयो । न्यानो आतित्थ्यता उहाँको सक्रियतामा कमि थिएन । हामी सवैले चिया पिएर भेटघाटको कार्यक्रमलाई पुर्ण विराम लगायौं। उहाँले भेट गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। फर्कदा फेरी मुलवाटोसम्म पुर्याउनु आउनुभयो ।

नेकपा वाग्मती प्रदेश कमिटी सदस्य एवम् मदन भण्डारी फाउण्डेशन सिन्धुलीका अध्यक्ष कौशल कोइरालाको फेसवुक वालबाट ।