विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।

जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए।

डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ।

Joe Biden is pictured with his running mate Sen Kamala Harris on Thursday

पेन्सिल्भानियाको महत्त्व

उक्त राज्यमा जित हासिल गरेमा त्यसबाट प्राप्त हुने २० इलेक्टोरल मतले बाइडनलाई ह्वाइट हाउस दिलाउनेछ।

एउटा ट्वीट गर्दै ट्रम्पले मतगणनाविरुद्धका कानुनी कारबाही भरखर सुरु हुन थालेको बताएका छन्।

तर अब उनले अदालतबाहिर जित्ने मार्ग भने साँघुरिँदै गएको छ।

पेन्सिल्भानियाका अतिरिक्त बाइडन जोर्जिया, नेभाडा र एरिजोनामा पनि अगाडि छन्।

त्यसतर्फ इँगित गर्दै ट्रम्पले निर्वाचन लगत्तैका समयमा आफूले बनाएका अग्रता ‘आश्चर्यजनक’ ढङ्गले हराइरहेको बताए।

Trump, who held a 675,000-vote lead early Wednesday, prematurely declared victory in the state, which holds 20 electoral college votes. By Thursday evening Trump's lead had slipped to about 26,319 votes, as mail in ballots (pictured in Philadelphia) from across the state continued to be counted. The late counted ballots were overwhelming in Biden’s favor

मङ्गलवारपश्चात् गणना गरिएका हुलाकमार्फत् प्राप्त मतपत्रहरूमा बाइडनले धेरै भोट पाएको देखिएको छ।

यसअघि जो बाइडनले राष्ट्रलाई सम्बोधन गर्ने बताइएको थियो। उनी निकटका केही सहयोगीहरूले उनले विजय घोषणा गर्नसक्ने बताइएको थियो।

तर सीबीएस न्यूजसँग बोल्दै सूत्रहरूले बाइडनले अहिले नै त्यस्तो घोषणा नगर्ने जनाएका छन्।

  • ट्रम्प समर्थक