सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका किसानहरुलाई सत्तारुढ नेकपामा पार्टी र सरकारका बीच जारी किचलोले छोएकै छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई दोषारोपणगर्दै पार्टी एकता विरोधी हरकत जारी रहँदा गाउँमा किसानहरु भने अन्नवाली थन्क्याउनै व्यस्त छन् । उनीहरुलाई सत्ता र पार्टीको किचलोले कोदो टिप्ने काममा कुनै अबरोध गरेको छैन ।


दशैं अगाडिनैं पाक्न थालेको कोदोले केही समय भएपनि आफ्नो र लालावालको प्राण धान्न पुग्ने भएपछि गुग्लान (भारत) जाने दिन केही समय थाँती राखेरै भएपनि उनीहरु कोदो थन्क्याउन लागिरहेका छन् । घरमा झिकेर खाने चामल छैन, आफ्नो वारीमा भएको कोदोलाई थन्क्याइएन भने त भोकै परिन्छ, चन्द्रवहादुर खड्गीले भने ।

धान रोप्नका लागि पानी पानी छैन, कोदो लगाउँदा थोरै भएपनि फल्छ, त्यसले केही समय पेट पाल्न सकिन्छ । रानीवासको चन्दनपुरमा उनी मात्रै होइन थुप्रै किसानहरुले वारीमा कोदो लगाएका छन् । पोकेको कोदोले गाउँनैं शुन्दर देखिन थालेको छ ।
फोटोः फिचरः प्रदेशखबर डटकम
