ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गर्ने धुम्बाराही बैठकको निर्णय, ओली पक्षले भन्योः त्यो गुटको बैठक हो

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकले पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ । 

बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्न निर्णय गर्दै आज बैठकमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने तय भएको समेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए । 
 ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन् ।

थिएनन् । यसैबीच अध्यक्ष प्रचण्डले वोलाएको सचिवालय बैठकलाई ओली पक्षधरले गुटको बैठक भन्दै टिप्पणी गरेको छ । महासचिव पौडेलले नेकपाको सचिवालय बैठकनैं नबसेको र अहिले बैठक बस्ने अबस्था पनि नरहेको टिप्पणी गरेकाछन् ।