कमलामाई नगरपालिकाले एक कार्यक्रमका बीच राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थालाई एक थान चिलिङभ्याट हस्तान्तरण गरेको छ । कार्यक्रममा नगरप्रमुख खड्गवहादुर खत्रीले सहकारी संस्थाका अध्यक्ष यमकुमार देवकोटालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो चिलिङभ्याटमा २ हजार लिटर दुघ राख्न सकिने नगरप्रमुख खत्रीले सो अबसरमा जानकारी दिनुभयो । नगरपालिकाले उक्त चिलिङभ्याट सहयोग गरेपछि सहकारी संस्थामा आवद्ध किसानहरु हर्षित भएको अध्यक्ष देवकोटाको भनाई थियो ।

