कमलामाईका नगरप्रमुख खत्रीलाई जनताको चिन्ता !

नगरप्रमुख खड्गवहादुर खत्री । फोटोः प्रदेशखवर


धेरैले भन्ने गर्दछन् चुनावमा उम्मेदवार बनेका नेताहरु सवैका घर–घरमा आउछन् नमस्कार गर्दै भोट मात्रै माग्दछन् । त्यस वेला कुवेर झै धनी छु भन्दै गाउँको सवै विकास मैले मात्र गर्नु सक्छु भन्दै विकासको लोभ र लालचमा पारेर उनीहरुले भोट माग्छन् । नभन्दै जनताले विश्वास गर्छन, भोट दिन्छन् र चुनाव पनि जिताउछन् । त्यस पछि जनताले गरेको नमस्कार त के फर्काउनु जनताका समस्या २० बाट १९ मा झर्दैनन् । तर यि सवै कुरामा मात्र सिमित पारिदिनु भएको छ कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले । जनताको मतले जितेका जनप्रतिनिधि हुन् त मेयर खत्री ।

नेपाल सरकारले घरका छाना विस्तापित गर्ने योजना ल्यायो तर नगरपालिकालाई न बजेट, न निति नै संघिय सरकारले उपलब्ध गरायो । मेयर खड्गबहादुर खत्रीको पहलामा नगरपालिकाका २०० घर परिवारले घरको छानो हटाएर जस्ताको छानो लगाएका छन् । प्राविधिक स्टमेट अनुसार नगरपालिकाले जस्ता खरिद गरि घर, घरमा पुगेर वितरण गरेको मेयर खत्रीले बताउनुभयो । तर धेरैका घरमा जस्ता अपुग रहेको पाएको छु उहाँले भन्नुभयो ।

No description available.


यसरि अपुग जस्ता उहाँहरुले किन्नु हुन्न मैले बोलेको कुरा पुरा गर्छ तिहार अगाबै बाँकी जस्ता प्राविधिक स्टमेट गराएर उपलब्ध गराउने छु । उहाँले भन्नुभयो ‘दशैमा जस्ताको छानो मुनी राख्छु भनेको थिए जनताले जस्ता लगाए कि लगाएनन् भनेर अनुगमन पनि गरे सवैले जस्ता लगाएको पाएको छु ।’ अपुग रहेको भन्ने गुनासो छ ति गुनासो संबोधन गर्ने पक्षमा म रहेको छ ।

No description available.


कमलामाई नगरपालिकाले आफ्नै लगानीमा २०० घर परिवारलाई जस्ता वितरण गरेको र छुटेका घर परिवारलाई पनि जस्ता दिईने उहाँले बताउनुभयो । भुगोल र मानवीय त्रुटिले गर्दा खरका छाना भएका घर परिवार छुट्न सक्छन् वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु मार्फत छुटेका घरपरिवारलाई पनि जस्ता वितरण गर्नेछु ।
जस्ता पाएपछि अव थाकलले घर छाउनु पर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीय खुसियाली छाएको छ । सधै थाकलको छानो मुनि दशै मानेको तर यस बर्ष जस्ताले छाएको छाना मुनी दशैमान्न पाउदा खुसि भएका छन् । कमलामाई नगरपालिका १४ चन्दनपुरका ५७ बर्षिय चन्द्रबहादुर नेवा खड्कीले आफुलाई बर्षातमा पानी चुहीएपछि एक हजारको त्रिपाल किनेर त्रिपाल मुनी बास बसेको बताउदै अव नगरपालिकाले जस्ता दिएपछि बर्षामा पानि र हिउदमा सित चुहिने समस्या सधैका लागि हटेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आफु अशक्त, जंगलमा गएर थाकल काटेर ल्याएर घर छाउन मुस्किल थियो, हिउद बर्षा सधै सासती थियो अहिले जस्ताको छानो पाएका छौ , सपनामा पनि जस्ता पईन्छ जस्तो लागेको थिएन, स्थानीय सरकारले अपेक्षा नै न रहेको जस्ता दिएर जनतालाई गुन लगाउनुभयो ।’
उहाँ प्रतिनिधि पात्र मात्र हो उहाँ जस्ता २०० घर परिवारले जस्ताको छानो पाएका छन् । बर्षामा पानी चुहनिे डर, सुख्खा समयमा आगलागि र हाबाहुरीको सधै त्रास खेप्दै आएका विपन्न नगरबासिले पनि जस्ताको छाने मुनी बस्न पाएका छन् ।
गरिबीको चपेटामा परेका नगरबासिलाई कमलामाई नगरपालिकाले जस्ताको छानो दिएर स्थानीय सरकार भएको अनुभुती दिलाएको छ । एउटा सानो कोठा, त्यसैमा खाना बनाउने चुलो, सुत्ने विस्तारा, अन्नपात भण्डारण सवै गरि बस्दै आएका थिए ।
थाकलले छाएको छानो बर्षामा चुहिदा कष्टकर रुपमा जीवन चलाई रहेका २०० भन्दा बढि व्यक्तिले अव
रातको समयमा आनन्दले निदाउन पाएका छन् । नगरप्रमुख खत्री भन्छन्ः निर्वाचनमा मेरो चुनावी घोषणापत्रमा जे जे कुराहरु उल्लेख भएका थिए, तर्षका बीचमा ती
कुराहरु पुराहुने चरणमा छन् र देखिंदैछन् पनि । यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।

No description available.