प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी पक्राउ परेकी छिन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने अधिकारीलाई आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो । त्यसपछि ललितपुर जिल्ला सेक्रेटरी विदुषीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।











