टर्की र ग्रिसमा शुक्रवार साँझ भूकम्पको ठूलो झड्काको महसुस भयो । भूकम्प सात रेक्टर गएको छ । टर्कीमा धेरै क्षति भएको खबर छ । यहाँ चार जनाको मृत्यु र एक सय २० जना घाइते भएको प्रारम्भिक समाचारमा जनाइएको छ ।


यहाँ ठूलठूला घरहरु ढलेको सामाजिक सञ्जालमा प्रत्यक्ष देखाइएको छ । भूकम्पमा झड्कासँगै समुन्द्रको पानी इजमिर शहरमा पसेको छ । फोटोः डेलीमेल युके













