नेकपाका जिल्ला सह इन्चार्ज एवम् प्रतिनिधीसभा सदस्य गणेश पहाडीले यसपालीको दशैं कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रीत हुने बताउनु भएको छ । कोरोना संक्रमणपछि घरमै आइसोलेसन बनाएर बसेका पहाडीले सामान्य रुपमा घरभित्रै दशैं मनाइने उल्लेख गर्नुभयो । देशैभर कोरोना सक्रमणको बृद्धिदर बढेपछि सबैलाई घरभित्रै बसेर दशै पर्व मनाउन आग्रह गर्छु, उहाँले अगाडि भन्नुभयो । नेपाल कमिन्युष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य उमादेबी कोइरालाले कोभिड १९ ले राष्ट्र संकटमा रहेकाले नेपाल सरकारको निर्देशन पालना गरेर पारिवारिक दशै मनाउने तयारी गरेको जानकारी दिनुभयो । जमरा टिका लगाएर मनाउने र छोरा बुहारी नाती नातीना पनि सबैजना एकै ठाउँमा बसेर दशै मनाउने बताउँदै श्रीमानको हातबाट टिका जमारा र आर्शि वचन लिने बताउनु भयो । १५ गते नेकपाको केन्द्रिय समितीको बैठक रहेकाले काठमाडौ जाने योजाना छ । बैठक स्थगित भएमा घरमानै बस्ने बताउनुभयो ।










